Connect with us

समसामयिक

सशस्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान

Published

on

रौतहट स्थित सशस्त्र प्रहरीका तीनजना जवानले रगत दिएर एकजना सुत्केरी महिलाको ज्यान बचाएको छ।

सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको ती प्रहरी जवानहरुले रगत दिएर एकजना सुत्केरी महिलाको ज्यान बचाएको हो।

प्रादेशिक अस्पताल गौरमा सुत्केरी गराउन परोहा नगरपालिका वडा ४ लौकाहाकी जोबैदा खातुन बुधवार भर्ना भएकी थिइन्।

सुत्केरी भएपछी महिला खातुनलाई रगतको अति आवश्यक भएको र रगत उपलब्ध नहुँदा डाक्टरको अनुरोधमा तीनजना जवानलाई  प्रादेशिक अस्पताल गौरको ब्लड बैकमा पठाएर रक्तदान गराईएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमीले अस्पतालमा भर्ना कुनै बिरामीलाई रगतको अभाव भएपछी अन्य बिकल्प नहुँदा डाक्टरको अनुरोधमा सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा बाट सशस्त्रका जवानहरू आएर पटक पटक रक्तदान गर्दैआएको बताएका छन्। रौतहटमा सशस्त्र प्रहरी प्रमुखको रूपमा एसपी बिक्रम हुमागाईं आएदेखिनै यहाँ सशस्त्र प्रहरी दैवीप्रकोप लगायत मानवीय सेवामा बिशेष सक्रियता देखाएका छन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.