Connect with us

समसामयिक

वैदेशिक रोजगारीमा ठगी गर्ने २७ वर्षपछि पक्राउ

Published

on

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वैदेशिक रोगजारीमा ठगी गर्ने जना फरार प्रतिवादीलाई २७ वर्षपछि पक्राउ गरेको छ ।

वैदेशिक रोजगारी ठगी मुद्दामा जिल्ला अदालत स्याङ्जाले २०५५ साल जेठ २५ गते फैसला सुनाएसँगै फरार रहेका पुतलीबजार नगरपालिका–९ का ७० वर्षीया कृष्ण कुमारी गुरुङलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।

अदालतले गुरुङलाई ९९ हजार १५० रुपियाँको जरिवाना तिराउने फैसला गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको विशेष अप्रेशन टोलीले गुरुङलाई पक्राउ गरी जरिवाना भुक्तानको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.