Connect with us

अन्तर्राष्ट्रिय

इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

Published

on

 इरान र इजरायलले गएराति फेरि एक अर्काका देशमा मिसाइलहरू प्रहार गरेका छन्। दुई देशबीच पछिल्लो ४८ घण्टादेखि निरन्तर युद्ध चलिरहेको छ, मिसाइल हानाहान भइरहेको छ ।

समाचार अनुसार इजरायलले तेहरानस्थित रक्षा मन्त्रालयलाई निशाना बनाएको दाबी गरिएको छ । यस बाहेक तेहरान र बुसेहरमा तेल डिपो र ग्याँस रिफाइनरी सहित १५० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।

दुई दिनसम्म चलेको लडाइमा अहिलेसम्म ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी कमाण्डरसहित १३८ इरानी मारिएका छन् भने ३ सय ५० भन्दा बढी घाइते भएका छन् । इरानको राजधानी तेहरानसहित ७ राज्यमा वायु रक्षा प्रणाली सक्रिय गरिएको छ । 

उता, इरानले पनि जवाफी कारबाही गर्दै इजरायलमा १५० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । आक्रमणमा ५ इजरायलीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । इरानले पनि ३ इजरायली एफ–३५ विमान खसालेको दाबी गरेको छ ।

इरानले शनिबार राति इजरायलका तेलअभिव, जेरूसलेम, तमरा, हाफिया पेट्रोलियम रिफाइनिङ केन्द्रसहित ४ स्थानमा आक्रमण गरेको टाइम्स अफ इजरायलले जनाएको छ । 

इरानले दोस्रो पटक प्रहार गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा एक ६० वर्षीया महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

इजरायलमा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने सयभन्दा बढी घाइते भएका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.