Connect with us

राजनीति

बाबुराम भट्टराई नेतृत्वको नेसपाको महाधिवेशन आज समापन हुँदै

Published

on

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) महाधिवेसन आज समापन हुँदैछ ।

काठमाडौँमा जारी प्रथम महाधिवेशनको बन्द सत्रबाट हिजो संयोजक डा।बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको थियो ।

‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा भट्टराईले पेस गरेको प्रतिवेदन पार्टीमा समृद्धिको अभियान चलाउन सुझावसहित सर्वसम्मत पारित गरेको सो पार्टीले जनाएको छ । सोमबार भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ वटा समूहमा छलफल भएको थियो । समूहगत छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गरिएको हो । 

भट्टराईको राजनीतिक प्रतिवेदनसँगै समसामयिक राजनीतिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पनि पारित भएपछि महाधिवेशनको निर्वाचन प्रक्रिया सुरू भएको छ ।

गत आइतबारदेखी सुरू भएको महाधिवेसनले आज नयाँ नेतृत्वको औपचारिक घोषणा गर्दै महाधिवेसन समापन गर्नेछ ।

यसैबीच महाधिवेशनबाट उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्बिरोध निर्वाचित भएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.