बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाको दिनमात्र खुलाइन्छ
दिदीबहिनी नहुनेका लागि आजका दिन काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाउने गरिन्छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन आज मात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाको दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।
काठमाडौंकै जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायका केहीले भने हिजो शनिबार नै म्ह्ः पूजा गरेर तिहार मनाएका छन् ।