Connect with us

राजनीति

नेकपा एसमा प्रवेश गर्नु अघि बामदेवले राखे सर्तै सर्त

Published

on

बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन्। आलोकनगरस्थित नेकपा एसको केन्द्रिय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि सर्तहरू राखेको जनाएका छन्।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटबार्ता गरे पछि गौतमले भने, ‘पुराना कुरा स्मरण गरियो, नयाँ आकासमा कसरी उडने भन्ने छलफल भयो, र पार्टीमा सँगै जाने बारेमा सकारात्मक कुरा भएको छ, हेरौं अब के हुन्छ ?’ 

पार्टी कार्यकारी राष्ट्रपतिको अजेन्डामा जानु पर्ने, अभिब्यक्ति स्वतन्त्रता हुनु पर्ने तथा केन्द्रिय सदस्य पुर्णकालिन हुनु पर्नेलगायतका सर्त राखेको उनले जानकारी दिएका छन । उनका अनुसार अध्यक्ष नेपालले पार्टी भित्र छलफल गरेर खबर गर्ने आश्वासन दिए पछि बैठक सकिएको थियो ।

नेकपा एसले तेस्रो मर्यादाक्रममा राखेर गौतमलाइ पार्टी भित्र प्रवेश गराउने प्रयास गरिरहेको छ, त्यसैको सिलसिलामा उनी आज नेकपा एसको केन्द्रिय कार्यालय पुगेका हुन् । 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.