शेख हसिनालाइ सुपुर्दगी गर्न बंगलादेशले भारत माथी दबाब बढाएको छ ।
देश भित्र उनी माथी धेरै बिषयमा छानबिन र अनुसन्धान भइरहेको भन्दै बंगलादेशले हसिनलाइ स्वदेश फर्काउन भारतले सहयोग गर्नु पर्ने तर्क गर्दै आएको छ ।
केही समय अघि बंगलादेशमा भएको बिधार्थीको जनबिद्रोह पछि हसिना भागेर भारत पुगेकी थिइन । हाल भारतमा राजनीतिक शरण लिइरहेकी हसिनालाइ फिर्ता गरिदिन केही दिन अघि बंगलादेशको अन्तरिम सरकारले औपचारिकरूपमा नै कुटनीतिक पत्र नयाँ दिल्ली पठाएको थियो ।
मोदी सरकारले शेख हसिनालाई सुपुर्दगी नगरे भारतविरुद्ध कारबाही गर्ने धम्कीसमेत दिइरहेको भारतीय सञ्चारमाध्यमले पनि उल्लेख गरेका छन् ।
बंगलादेश सरकार प्रवक्ता मोहम्मद रफिकुल आलमले भारत र बंगलादेशबीच शेख हसिनाको सुपुर्दगीको लागि कुनै निश्चित समयसीमा नभएको दोस्रो प्रतिक्रिया िदएका छन । भारतले उचित समयावधिभित्र यस विषयमा प्रतिक्रिया नदिए बंगलादेशले हसिनाको सुपुर्दगी सुनिश्चित गर्न थप कदम चाल्ने उनले सञ्चारकर्मीलाइ बताएका छन् ।
गत डिसेम्बर २३ मा एक कूटनीतिक नोट पठाइएको आलमले पुनः स्मरण गराउँदै सो पत्रका बारेमा भारतले हालसम्म अर्कोतर्फ मोदी सरकारले शेख हसिनालाई सुपुर्दगी नगरे भारतविरुद्ध कारबाही गर्ने धम्की दिएको छ । बंगलादेशका प्रवक्ता मोहम्मद रफिकुल आलमले भारत र बंगलादेशबीच शेख हसिनाको सुपुर्दगीको लागि कुनै निश्चित समयसीमा नभएको बताए। भारतले उचित समयावधिभित्र यस विषयमा प्रतिक्रिया नदिए बंगलादेशले हसिनाको सुपुर्दगी सुनिश्चित गर्न थप कदम चाल्ने उनले बताए।
डिसेम्बर २३ मा एक कूटनीतिक नोट पठाइएको आलमले बताए । तर, त्यसमा भारतले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको उनको भनाइ छ ।