Connect with us

समसामयिक

साथीले मानसिक यातना दिएको भन्दै बाराका एक युवकले गरे आत्महत्या

Published

on

इन्दीप कोइराला

बाराको कलैया उपमहानगरपालिका- १४ बघवन घर भएका एक युवाले आत्महत्या गरेका छन् । श्याम प्रसाद महत्तोका २२ बर्षिय छोरा नितेश कुमार महत्तोले आफुलाई साथीहरुले यातना दिएको भन्दै आत्महत्या गरेका हुन् ।

उनले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेको बारा प्रहरीले जनाएको छ । उनको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र घटनाको विषयमा थप केही भन्न सकिने प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कलेजका साथीले मानसिक यातना दिँदा आत्महत्या गरेको देखिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

आत्महत्या गर्नुपूर्व महत्तोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरी कलेजका साथीले मानसिक दावाव दिएको भन्दै आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन । घटनामबारे थप अनुसान भइरहेको बारा प्रहरीले जनाएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.