Connect with us

राजनीति

बन्दसत्र सुरु हुनुअघि गगन र विश्वप्रकाशलाई कार्यवाहक सभापति खड्का र नेता कोइरालाले भेट्न खौज्दै

Published

on

विशेष महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालले आज महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई संवादका लागि भेट्न चाहेका छन्। प्राप्त जानकारीअनुसार यो खबर बनाउँदासम्म महामन्त्रीहरू छलफलमा जानेनजाने टुंगो लागिसकेको छैन।

कार्यबाहक सभापति र शेखर कोइरालाले दुवै महामन्त्रीलाई संवादका लागि प्रस्ताव राख्नु भएको छ । तर जाने(नजाने अहिलेसम्म निर्णय भइसकेको छैन’, स्रोतको भनाइ छ। सभापति शेरबहादुर देउवाको सचिवालयले भने उनी विशेष महाधिवेशनमा नजाने बताएको छ।

कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसमा फरक मत राखेका महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ। जहाँ पहिलो दिन आइतबार २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराइसकेको विशेष महाधिवेशन आयोजकले जानकारी दिएको छ।

प्राप्त विवरणअनुसार आइतबार कोसी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका ९काठमाडौँ, भक्तपुर र ललितपुर०बाट १७८ र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १९५ जनाले नाम दर्ता गराइसकेका छन्।

विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले आज बिहान ८स्३० बजेदेखि नाम दर्ता सुरु गरिएको जानकारी दिए। उनले हिजो दर्ता गर्न छुटेका प्रतिनिधिको सहजताका लागि आज नाम दर्तालाई निरन्तरता दिइएको बताए। नाम दर्ता सकिएपछि बन्दसत्र सञ्चालन हुने संयोजक पाण्डेयले बताए।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.