Connect with us

समसामयिक

हनि ट्रयाप काण्डमा सहभागी भैँसेपाटीकी इन्सपेक्टर अदालतमा उपस्थित

Published

on

लामो् समय फरार रहँदै आएकी तत्कालीन भैँसेपाटी वृत्तकी निलम्बित प्रहरी निरीक्षक विनु शाही अदालतमा उपस्थित भएकी छन् । इन्सपेक्टर शाही आज आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी हुन् ।

ललितपुर, भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर ३० लाख रुपैयाँ असुलेको घटनामा उनी मुछिएकी थिइन । सो रहस्य खुले पछि शाहीलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।

घरजग्गा कारोबारीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैँसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापा भने यसअघि नै पक्राउ परिसकेका छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.