Connect with us

राजनीति

भक्तपुर प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा ६० भन्दा बढी पक्राउ

Published

on

सार्वजनिक शान्ति खलल पुर्‍याएको भन्दै जिल्ला प्रहरी परिसर भक्तपुरले गुण्डागर्दीविरुद्ध ‘स्वीप अप्रेसन’ चलाएको छ । हिजो शनिबारर चलाएको अप्रेसनमा एकै रात ६० भन्दा बढी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले ६० भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको बताए । पक्राउ परेका व्यक्तिका विभिन्न कसुरमाथि छानबिन गरेपछि मुद्दा चलाइने भएको छ ।

ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरेको खड्काको भनाइ छ । उनीहरूले सार्वजनिक स्थलमा शान्तिसुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप एवम् शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायत शङ्कास्पद गतिविधि गरेका कारण पक्राउ गरिएको खड्काले बताए ।

खड्काका अनुसार नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पनि उक्त अप्रेसन चलाइएको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.