Connect with us

समसामयिक

भलिबलमा भट्ट र तेक्वान्दोमा योन्जन मुख्य प्रशिक्षक नियुक्त

Published

on

राष्ट्रिय खेलकुद परिषद्ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ ।

भलिवलको मुख्य प्रशिक्षकमा जगदीस भट्ट नियुक्त भएका छन् । २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका भट्ट १८ बर्ष देखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भए पछि भट्टलाई जिम्मेवारी दिईएको हो ।

तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएको हो । २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह  गर्दै आएका थिए । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुबै जनालाई मुख्य प्रशिक्षमा नियुक्ति दिएका हुन् । नियुक्ति पत्र बुझाउदै घिसिङले सम्वन्धित खेललाई थप गति दिने विश्वास व्यक्त गरे ।

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.