Connect with us

समसामयिक

भीमदत्त कप क्रिकेटः बेलौरी र पुनर्वास विजयी

Published

on

महेन्द्रनगरस्थित कवर्डहलको खेल मैदानमा जारी पाँचौँ भीमदत्त कप क्रिकेट प्रतियोगितामा बेलौरी र पुनर्वास नगरपालिका विजयी भएका छन् ।

प्रतियोगिताको पाँचौँ खेलमा बेलडाँडी गाउँपालिकालाई नौ विकेटले पराजित गर्दै पुनर्वास नगरपालिका विजयी भएको हो । टस जितेर ब्याटिङ्ग गरेको बेलडाँडीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । बेलडाँडीका लागि दीपेश राना क्षेत्रीले सर्वाधिक ४६ रन र राजेन्द्र बुढाले ३३ रनको योगदान गरेका थिए ।

बलिङमा पुनर्वासका श्रीजल ओड र समीप विकेले ३÷३ विकेट लिए । जितका लागि १६६ रनको लक्ष्य पछ्याएको पुनर्वासले १८ दशमलव १ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । पुनर्वासका लागि प्रेम ओडले सर्वाधिक ९० रनको योगदान गरे । प्रेम खत्रीले ३७ रन जोडे ।

बलिङमा बेलडाँडीका कमल हमालले १ विकेट हात पारे । उक्त खेलमा प्लेयर अफ द म्याच पुनर्वासका प्रेम ओड घोषित भए । त्यसैगरी आजै भएको अर्को खेलमा बेलौरीले बेदकोटलाई दुई रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको बेलौरीले निर्धारित २० ओभरको क्षतिमा आठ विकेटको क्षतिमा १०१ रन बनाउन सक्यो । बेलौरीका निरज कार्कीले सर्वाधिक ३९ रनको योगदान गरे । निराजन थापाले १७ रन जोडे ।

बलिङतर्फ बेदकोटका राजेश ऐरले चार विकेट हात पारे । जितका लागि १०२ रनको लक्ष्य पछ्याएको बेदकोट नगरपालिका १५ दशमलव ४ ओभरमा अलआउट हुँदै ९९ रन मात्रै बनाउन सक्यो । बेदकोटका विवेक बोहराले २२ रन र चक्र एडीले २१ रनको योगदान गरे ।

बलिङमा बेलौरीका रोहित कार्की, नीरज कार्की र हिमाल पन्तले ३÷३ विकेट लिए । उक्त खेलमा प्लेयर अफ द म्याच बेलौरीका निरज कार्की घोषित भए । प्रतियोगितामा ६ वटा टीमको सहभागिता छ । विजेताले रु एक लाख ५५ हजार ५५५ ट्रफी, प्रमाणपत्र र उपविजेताले रु ७७ हजार ७७७, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.