Connect with us

राजनीति

प्रतिनिधिसभा बैठकमा बैंकिङ कसुर सम्बन्धी विधेयक टेबुल हुने

Published

on

प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पुर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । 

आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) बिधेयक, २०८०’ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिने भएको छ ।

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल कानुन ब्यावसायी परिषद ९दोस्रो संसोधन० बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोक सेवा आयोगको ६५ औं बार्षिक प्रतिबेदन पेश गर्नेछन् ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ सेवा प्राधिकरण बिधेयक, २०८१ र नेपाल नागरिक उडड्यन प्राधिकरण बिधेयक, २०८१ माथी बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ ।

उता, उधोग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) बिधेयक, २०८१ लाई दफावार छलफलको लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.