Connect with us

राजनीति

कक्षा १२ को परीक्षा स्थगित नगर्ने बोर्डको निर्णय

Published

on

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ ।शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बिहान बसेकाे बोर्ड बैठकले परिक्षा नराेक्ने निर्णय लिएकाे हाे ।

 
आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।

शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेकाे बेला बाेर्डले याे निर्णय लिएकाे हाे । उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परिक्षा प्रभावित हुन सक्ने देखिएकाे छ । साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू कायमै रहेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.