नेपाल आएका बलिउड अभिनेता संजय दत्तले पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। अभिनेता दत्त प्रचण्डलाई भेट्न उनको निवास ललितपुरको हात्तीवन पुगेका थिए।
प्रचण्ड र संजयबीच आधा घन्टा कुराकानी भएको प्रचण्डको स्वकीय सचिवालयले जनाएको छ। बलिउड अभिनेता दत्तले आज बाराही होटेलको बादशाह क्यासिनो उद्घाटन गर्दै छन्। क्यासिनो उद्घाटनपछि उनी भारत फर्किने छन्।