Connect with us

अर्थ

बुटवल पावर कम्पनी लिमिटेडले लाभांश वितरण गर्दै

Published

on

बुटवल पावर कम्पनी लिमिटेडले लाभांश वितरण गर्दैछ । आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।

सभामा कम्पनीले थप सार्वजनिक निष्कासन अर्थात, एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्नेछ । 
यता, कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । 

सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।  
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.