सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमार्फत सोमवार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्री गुरुङका अनुसार सोमवारको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूत फिर्ता, १८ देशमा राजदूत नियुक्ति सिफारिश र २२ सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । यसैगरी बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख बर्खास्त गरी नयाँ प्रदेश प्रमुखको सिफारिश गरेको छ ।
काठमाडौं । सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ । यसैगरी मन्त्रिपरिषद बैठकले नेपाली सेनाको कामू प्रधानसेनापतिमा रथी अशोकराज सिग्देललाई जिम्मेवारी तोकेको छ ।