Connect with us

राजनीति

रवि लामिछाने र छविलाल जोशीविरुद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै

Published

on

पाँच वटा सहकारी ठगी आराृेपमा जोडिएका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र छविलाल जोशीविरुद्ध कास्की प्रहरीले आज मुद्दा दर्ता गर्दैछ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने विरुद्ध आज सरकारी वकील कार्यालय कास्कीमा मुद्दा दर्ता गरिन लागिएको हो ।

जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने राय प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सहकारी ठगीमा लामिछाने माथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो । चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो ।

कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा भएकाले आजै मुमुद्दा दर्ता गर्न लागिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.