Connect with us

अर्थ

सहकारी ठगी प्रकरणमा चन्द्रागिरीका वडा अध्यक्ष पक्राउ

Published

on

सहकारी ठगी प्रकरणमा एक वडा अध्यक्ष पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–१२ का वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जन सहकारी ठगीको आरोपमा पक्राउ परेका हुन् ।।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमाथी छानबिन गर्नका लागि वडा अध्यक्ष महर्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी सो सहकारीका कोषाध्यक्ष हुन् । 

प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.