सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेश गरिदै छ ।
काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा पुर्याइएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।