Connect with us

समसामयिक

प्रधान सेनापति सिग्देल आज स्वदेश फर्किदै

Published

on

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आज स्वदेश फर्किदैछन् ।

गत मंगलबार भारतको औपचारिक भ्रमणमा गएका उनलाइ भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ दिल्लीस्थित बिशेष समारोहमा मानार्थ प्रधान सेनापति प्रदान गरेकी थिइन् । यसैगरी, प्रधानसेनापति सिग्देलले हिजो भारतीय मिलिटरी एकेडेमीमा प्रमुख अतिथिको रूपमा कवाज प्रदर्शन अवलोकन गरेका थिए ।

‘प्रधान सेनापति महारथी अशोक राज सिग्देल देहरादुनस्थित इन्डियन मिलिटरी एकडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भई अधिकृत क्याडेटहरुद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गर्नुभयो’ नेपाली सेनाले हिजो जनाएको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.