Connect with us

समसामयिक

एनपीएलमा एलिमेटर खेल, चितवन र कर्णाली भिड्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज दुइवटा खेल हुँदैछन् । हिजो एक दिन ब्रेक भए पनि आज भने एलिमेटर र पहिलो क्वालिफायर खेल हुँदैछन्।  

त्रिभुवन विश्वविद्यालय किर्तिपुरस्थित क्रिकेट मैदानमा प्ले अफ सिट सुरक्षित गरेर एलिमिनेटरमा पुगेका चितवन राइनोज र कर्णाली याक्सका बिचमा पहिलो खेल हुँदैछ । पहिलो खेलमा बिहान ९ः बजेबाट सुरू हुनेछ ।

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भए पनि कर्णाली याक्सले रन रेटका आधारमा प्लेअफमा स्थान बनाउन सफल भएको टोली हो ।

उता, कुल ७ खेल मध्ये ४ खेलमा जितसहित चितवन राइनोज तेस्रो भएको थियो ।  समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रामा रहेका थिए । दुबैको समान अंक ८–८ रहेको छ ।

कर्णाली याक्स 

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान),  विपिन शर्मा (आइकोनिक)। 

चितवन राइनोज 

कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया),  ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.