Connect with us

राजनीति

रवि लामिछानेलाई पक्राउ गर्न सिआइबीको टोली रास्वपा कार्यालयमा

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पार्टी कार्यालय बनस्थली पुगेको छ।

सिआइबीको टोली पक्राउ गर्न काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा पुगेको हो । सिआइबीको टोलीसँगै रास्वपा कार्यालय क्षेत्रमा अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

शुक्रबार जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि सिआइबीको टोली पुर्जी लिएर गएको हो । लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको छ ।

लामिछानेलाई पक्राउ पुर्जी जारी भएपछि ठुलो संख्यामा रास्वपा कार्यकर्ता र मिडिया पार्टी कार्यलय पुगेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.