पछिल्ला वर्षहरुमा छठ तराई मधेसको मात्र एक्लो पर्व रहन छाडेको छ । विस्तारै छठ काठमाडौं उपत्यकादेखि पहाडतिर पनि फैलन थालेको छ । छठ पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यकासहित देशभर मनाउने थालिएको छ । फलतः काठमाडौंका आठ स्थानबाट छठघाट निर्माण गरिएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको छ । यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।
भोलि बिहिबार बेलुकी व्रतालुले अस्ताउँदो सूर्यलाई र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाउँछन् । सूर्यको उपासना गर्दै छठ मनाइने मिथिला संस्कृति हो ।