Connect with us

समसामयिक

६ महिना कैद सजायपछि फरार भ्रष्टाचारी पक्राउ

Published

on

प्रहरीले भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका-१ का पिताम्बर यादव रहेका छन्।

उनलाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरी आफ्नो हिरासतमा राखेको हो। सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार यादवलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले यादवलाई पक्राउ गरी हिरासत राखेको र आइतबार कारागार पठाउने व्यवस्था मिलाइने बस्नेतले बताए।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.