Connect with us

राजनीति

रवि लामिछानेलाइ ६५ लाख धरौटीमा थुनामुक्त गर्न आदेश

Published

on

रवि लामिछाने थुनामुक्त हुने भएका छन् । सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अदालतको आदेशसँगै लामिछानेले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने छन् ।


सो आदेश अघि कास्की जिल्ला अदालतको सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।  रबि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा ब्यवस्था कडा गरिएको हो ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.