Connect with us

राजनीति

सरकारले ल्याएको अध्यादेश विरुद्ध माओवादी केन्द्रले खबरदारी गर्ने

Published

on

नेकपा माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेशका विरुद्ध सदनमा खबरदारी गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

अध्यादेशको प्रक्रिया नै गलत भएको माओवादीको ठहर छ। प्रक्रिया नै गलत भएकाले त्यसविरुद्ध सदनमा खबरदारी गर्ने निर्णय गरिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचनासमेत दर्ता गर्ने निर्णय भएको उनले बताए। 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.