Connect with us

समसामयिक

दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा बमको सूचना, चेकजाँचको बाध्यता

Published

on

काठमाडौँबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको विमानमा बम राखेको सूचना आएपछि सुरक्षा जाँच गर्न थालिएको छ ।

एआई २१६ उडान नम्बरको एयर इण्डियाको यस विमानबाट दिल्ली १५८ यात्रु चढीसकेको अवस्थामा बमको सूचना आएपछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् । जाँचका लागि प्रहरीले कुकुरसमेत परिचालन गरेको छ । 

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको विमानमा बम रहेको सुचनापछि प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि विमानलाई नियन्त्रणमा लिएको थिए ।

बमको सूचना भने दिल्लीमा रहेको एयर इण्डियाको कार्यालयबाट काठमाडौं विमानस्थलमा आएको बताइएको छ ।

यसअघि अघिल्लो साता पनि भारतको भिस्तारा एयरको विमानमा बमको सूचना प्राप्त भएको थियो । तर पछि चेकजाँच गर्दा बम रहेको सूचना झुटो बनेको थियो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.