Connect with us

अन्तर्राष्ट्रिय

दिल्लीवासीले अब १६ लाखसम्मको निःशुल्क उपचारको सुविधा पाउने

Published

on

दिल्लीका नयाँ मुख्यमन्त्री रेखा गुप्ताको मन्त्रिपरिषद्को पहिलो बैठकले १० लाख भारतीय रूपैयाँ (नेपाली १६ लाख) सम्म निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ ।

दिल्लीको नयाँ मुख्यमन्त्री रेखा गुप्ताको अध्यक्षतामा बसेको क्याबिनेट बैठकमा ‘आयुष्मान भारत योजना’ लागू गर्ने निर्णय गरेसँगै अब दिल्लीबासीले १६ लाख रूपैयाँसम्मको निःशुल्क स्वास्थ्य सेवा दिने भएको हो।

समाचार अनुसार यस योजना अन्तर्गत दिल्ली सरकारले ५ लाख रुपैयाँ र केन्द्र सरकारले ५ लाख रुपैयाँ दिने छ। बैठकपछि उनले दिल्लीलाई विकसित सहर बनाउन निरन्तर काम गर्ने र यस अभियानमा एक दिन पनि खेर नफालिने बताएकी छिन् ।

उनले निर्वाचन अघि गरेका वाचा पूरा गर्ने आश्वासन दिएकी छिन । साथै, पहिलो मन्त्रिपरिषद् बैठकमा महिला सशक्तिकरण योजनाबारे पनि छलफल भएको थियो । सरकारले यस योजनाका लाभार्थीहरूको वर्गीकरण र यसको कार्यान्वयनलाई विचार गरिरहेको जनाइएको छ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.