हद तहको अनादर, अविश्वास र हेलचेक्रर्याइ गर्दा कस्तो अवस्था आईलाग्छ ? यसको ज्वलन्त प्रमाण नेपाली कांग्रेसको संस्थापन पक्ष बनेको छ । गगन विश्वलाई घोर अपमान र हेलचेक्रर्याई गर्दा उनीहरु आफैंको रुवावासी चलेको छ ।
नेपाली कांग्रेसमा देखिएको महाधिवेशन विवादका बीच हिजो आइतबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन भयो । सभापति शेरबहादुर देउवा पक्षले पटक पटक रोक्न खोजेको भेलामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्नेभन्दा निकै बढी प्रतिनिधि उपस्थित भए ।
विशेष महाधिवेशन उद्घाटन समारोहमा दिइएको जानकारीअनुसार ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएका थिए । तर त्यो आधिकारिक नभए पनि कम्तिमा ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिले आइतबार नै हस्ताक्षर गरेको विशेष महाधिवेशन सचिवालयले जनाएको छ ।
यता विशेष महाधिवेशन चलिरहेका बेला देउवा निवास महाराजगन्जमा संस्थापन समूहका नेताहरु जम्मा भएका थिए । छलफलमा सहभागी एक नेताले सोमबार बिहान केही सञ्चारकर्मीहरुसँग भने– शेरबहादुर दाइसँग कुनै विकल्प छैन । हामीले यस्तो होला भन्ने सोचेका पनि थिएनौँ ।”
“यस्तो हुन्छ भन्ने सोचेकै थिएनौँ,” उनको थप भनाइ छ, “शेरबहादुर दाइले पनि केही सोचेको जस्तो लागेन । अवस्था अप्ठेरो आइलाग्यो ।”
कांग्रेस प्रवक्ता प्रकाशशरण महतकाअनुसार विशेष महाधिवेशन नगरी नियमित महाधिवेशन गर्ने भनी कार्यसम्पादन र केन्द्रीय समितिले निर्णय भएको छ । तर, उनको यो अभिव्यक्ति लाज ढाक्ने धरो मात्र हो । यद्यपि उनी अझैं भन् दैछन्, “अहिले विवाद निम्त्याउने समय होइन,” उनले भने, “कांग्रेस एकढिक्का भएर जानुपर्ने समय छ ।”
आइतबार देउवा निवासमा भेला भएका अर्का नेताले विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन गरेर जाने विषयमा समेत सामान्य छलफल भएको बताउँदै त्यसो नगर्न अनौपचारिक माध्यमबाट अनुरोध गर्ने निष्कर्ष निकालिएको थियो । ती नेताका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र पूर्वमन्त्री रमेश लेखक नेतृत्व छनोट नगरिदिनुहोस् भन्नका लागि अनौपचारिक छलफलमा छन् ।
“अबको विकल्प भनेको सभापति देउवाले नै गगन-विश्वलाई अब तपाईंहरु नै हो भनेर गएर मानिदिनुपर्यो,” उनले भने, “नभए विशेष महाधिवेशन पक्षधरहरु पनि छलफलका लागि तयार भएको देखिएन ।”
विशेष महाधिवेशनको बन्दसत्रको सभापतित्व ग्रहण गर्न लागेका जेष्ठ सदस्य ओमकार श्रेष्ठले पार्टी विभाजनको भाष्य कुनै नौलो नभएको बताउँदै इमान्दार मान्छेलाई तर्साउने बहानामात्रै भएको बताए ।
“हामीले पनि यतिधेरै प्रतिनिधि उपस्थित हुनुहोला भन्ने सोचेकै थिएनौँ,” उको भनाइ छ, “अहिले हेर्दा त ७० प्रतिशत पुग्लाजस्तो भइसक्यो । पार्टी विभाजन हुन सक्छ भनेर संस्थापनले चलाएको भाष्य नयाँ होइन । इमान्दार मान्छे तर्साएर बेइमानले शासन गर्ने भाष्य हो यो ।”