Connect with us

अन्तर्राष्ट्रिय

भेनेजुएलाविरुद्धको कारबाहीमा अमेरिकामा सडकदेखि संसद्सम्म मतभेद

Published

on

डेमोक्रेट सांसद् चक शुमरले दिए चेतावनी, कारबाहीलाई यूएनले दियो गम्भीर समयको संज्ञा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा गरेको सैन्य कारबाही र राष्ट्रपति निकोलस मादुरोको पक्राउका विषयमा अमेरिकी संसद्‌मा गम्भीर मतभेद चुलिएको छ ।

अमेरिकी संसद् (कंग्रेस) मा ट्रम्पले सांसदहरूसँग परामर्श नगरी यति ठूलो कदम चालेकोलाई नयाँ युगको विस्तारवादको सुरुआतका रूपमा हेरिएको छ ।यस, असन्तुष्टिका कारण विदेशमन्त्री मार्को रुबियोलाई सोमबार राति कंग्रेसका नेताहरूसमक्ष भेनेजुएला सैन्य अभियानबारे जानकारी दिनुपरेको छ । उता, यो कारबाहीविरुद्ध सडकमा पनि मानिस उत्रिएका छन् ।

अमेरिकी संसद्‌मा पनि ट्रम्पको कारबाहीको विरोध
अमेरिकी कंग्रेसले ट्रम्पले परामर्श वा कंग्रेसको अनुमतिबिना अनुचित कदम चालेको आरोप लगाएको छ । यही चिन्ताबीच रिपब्लिकन नेताहरूले क्यापिटल हिल (अमेरिकी संसद् भवन) मा बन्द कोठामा भएको बैठकमा भेनेजुएलाका राष्ट्रपतिलाई जबरजस्ती सत्ताबाट हटाउने ट्रम्पको निर्णयको समर्थन गरे । तर, देशको घाटामा चलिरहेको तेल उद्योगमा पुनर्लगानी गर्ने तथा भेनेजुएलाको तटमा नौसेना समूह तैनाथ गर्नेलगायत विषयमा धेरै डेमोक्रेटहरूले प्रश्न उठाएका छन् ।

उनीहरूका अनुसार युद्धसम्बन्धी प्रस्तावमा कंग्रेसको स्वीकृतिबिना भेनेजुएलामा अमेरिकी सैन्य कारबाही प्रतिबन्धित छ । यस हप्ता सिनेटमा यो विषयमा छलफल हुने सम्भावना छ ।

ट्रम्पको कारबाही विदेश नीतिप्रति खतरनाक दृष्टिकोण: शुमर
सिनेटका डेमोक्रेटिक नेता चक शुमरले भेनेजुएलामा ट्रम्पको कारबाही विदेश नीतिप्रति खतरनाक दृष्टिकोणको सुरुआत मात्रै भएको चेतावनी दिएका छन् । उनले भने, “राष्ट्रपतिले सार्वजनिक रूपमा कोलम्बिया, क्युबा र ग्रिनल्यान्डप्रति आफ्नो चासो संकेत गरिरहेका छन् ।”

उता, सिनेटको विदेश सम्बन्ध समितिका वरिष्ठ डेमोक्रेट सदस्य सिनेटर जिन साहिनले अझै धेरै प्रश्नहरूको जवाफ बाँकी रहेको बताइन् । उनले अमेरिकाले भेनेजुएला घटनाक्रमका लागि कति मूल्य चुकाउनुपर्ने हो भन्ने प्रश्न उठाइन् । विदेश मामिला समितिका उच्च डेमोक्रेट नेता तथा न्युयोर्कका सांसद ग्रेगरी मिक्सले सांसदहरूलाई अन्धकारमा राखिएको बताए ।

अमेरिकी गभर्नर निर्वाचनमा पनि भेनेजुएला मुद्दा हावी बनेको छ । केन्टकीका सांसद थोमस मेसी र ट्रम्पको समर्थनप्राप्त सेवानिवृत्त नौसेना सिल अधिकारी एड ग्यालेरेन आमनेसामने छन् । मेसीले मादुरोलाई पक्राउ गरिएकोप्रति निन्दा गरे । उनले भने, “मेक अमेरिका ग्रेट अगेन भेनेजुएलाको तेल र सत्ता परिवर्तनको मुद्दा होइन । हामीले यसका लागि ट्रम्पलाई भोट दिएका थिएनौँ ।”

संयुक्त राष्ट्रसंघको चिन्ता
संयुक्त राष्ट्रसंघले भेनेजुएला मुद्दामा चिन्ता व्यक्त गर्दै अस्थिरताको आशंका गरेको छ । यूएनका राजनीतिक तथा शान्ति निर्माण मामिलाका अवर महासचिव रोसेमेरी ए। डिकार्लोले सुरक्षा परिषद्को बैठकमा यो अवस्थालाई गम्भीर समयको संज्ञा दिँदै भनिन्, “अमेरिकी कारबाहीपछि हताहतको संख्या अझै स्पष्ट छैन ।”
एबीसीन्युज, ह्वाइट हेवेनन्युज बाह्खरीबाट ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.