प्रधानमन्त्री सुशीला कार्कीसँग र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच बालुवाटारमा भेटवार्ता जारी छ ।
लामिछाने रास्वपा नेताहरू सोबिता गौतम, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्यसहितका नेताहरू लिएर बालुवाटार पुगेका हुन् । यस भेटमा समसामयिक राजनीतिक विषय र निर्वाचन केन्द्रित छलफल हुने बताइएको छ ।
अस्ति शुक्रवार धरौटीमा रिहा भएका लामिछानेले आज आक्ष्तबारबाट पार्टीको जिम्मेवारीमा फर्किएर सक्रियता बढाएका छन् । उनले आजै रास्वपाको केन्द्रीय कार्यालय पुगेर केन्द्रीय समितिको बैठक समेत गरेका थिए ।