Connect with us

अन्तर्राष्ट्रिय

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित सुनिश्चित

Published

on

मेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो ।

यति मात्र होइन, ट्रम्प आवद्ध रिपब्लिकन पार्टीले तल्लो र माथिल्लो दुवै सदनमा समेत कब्जा जमाउने पक्का भएको छ ।

सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलै अन्तरले जितेका छन् । त्यस्तै स्वीङ स्टेटमध्ये विस्कन्सन, मिचिगन, एरिजोना र नाभाडामा ट्रम्प अगाडि छन् । विस्कन्सनमा १० इलेक्टोरल भोट छ र ९१ प्रतिशत भन्दा बढी मत गणना भइसक्दा ट्रम्प निकै अगाडि छन् ।

ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । सन् २०२० को निर्वाचनमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । तर उनी डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।

जित पक्का भएपछि ट्रम्पले फ्लोरिडास्थित चुनावी अभियानको मुख्यालयमा भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो कार्यकाल स्वर्णयुग सरह हुने दाबी गरेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.