Connect with us

अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्बको कारोबार

Published

on

नेप्सेमा आज दोहोरो अङ्कको गिरावट आएको छ । आइतबार नेप्सेमा २५.४६ अङ्कको गिरावट आउदा ओरालो २७०१. ९० विन्दुमा रोकिएको छ ।

आज ३२८ कम्पनिको कारोबार हुदा दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १० अर्ब १२ करोड २४ लाख आठ हजार २४८ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

त्यस्तै, आज थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड आठ दशमलव शून्य सात, गुडविल फाइनान्स छ दशमलव शून्य पाँच, डोल्टी पावर कम्पनी चार दशमलव ५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले चार दशमलव ४५ प्रतिशतले गुमाएका छन् ।

आज सबैभन्दा बढी सिइडीबी हाइड्रोको ४२ करोड १९ लाखको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी हाइड्रोको सबै भन्दा बढी २२ लाख २३ हजार ४७४ कित्ता शेयर कारोबार भएको छ ।    


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.