वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले पदबाट राजीनामा दिएका छन् । अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अहिलेको सरकारले अध्यादेश ल्याएपछि डा. शर्माले राजीनामा दिएका हुन् ।
डा. शर्माले हिजो नै स्वास्थ्य मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । अन्य पदाधिकारीले समेत पद छाडेकाले आफूले पनि राजीनामा दिएको उनको भनाइ छ ।
डा. शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । शर्माको राजीनासँगै वीर अस्पताल पदाधिकारीविहीन भएको छ ।
केही सिदन अघि मात्रै अध्यादेश जारी गरेर सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का का उपकुलपति, शिक्षाध्यक्षलगायतका पदाधिकारीलाई हटाएको थियो ।