Connect with us

अन्तर्राष्ट्रिय

एलन मस्कः ५०० बिलियन डलर सम्पत्तिका धनी विश्वकै पहिलो व्यक्ति

Published

on

टेस्ला, स्पेसएक्स र न्युरालिंकका मालिक एलन मस्क ५०० बिलियन अमेरिकी डलर सम्पत्तिको आँकडा छुने विश्वकै पहिलो व्यक्ति बनेका छन् । फोर्ब्स रियल टाइम बिलियनेयर्स लिस्टका अनुसार, बुधबार ९अक्टोबर १० अमेरिकी बजार बन्द हुँदा एलन मस्कको कुल सम्पत्ति ९नेटवर्थ० ५०० बिलियन पुगेको थियो ।

यस सूचीमा ओराकलका प्रमुख ल्यारी एलिसन ३५०.७ बिलियनसहित दोस्रो स्थानमा र मेटाका सीईओ मार्क जुकरबर्ग २४५.८ बिलियनसहित तेस्रो स्थानमा छन् ।

हिजो टेस्लाको सेयर ३.३१ प्रतिशतले बढेका कारण मस्कको नेटवर्थमा वृद्धि देखिएको हो । यद्यपि, हाल मस्कको कुल सम्पत्ति ४९९.१ बिलियन डलर छ । विगत १० वर्षमा मस्कको सम्पत्ति ३४ गुणाले बढेको छ ।

को हुन् एलन मस्क ?
एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनी लोकप्रिय इलेक्ट्रिक भेहिकल निर्माता टेस्ला र स्पेसएक्सका सीईओ हुन् ।

मस्कले १० वर्षको उमेरमा कम्प्युटर प्रोग्रामिङ सिके र १२ वर्षको उमेरमा ‘ब्लास्टर’ नामक एक भिडियो गेम तयार पारेका थिए । यसलाई एक स्थानीय पत्रिकाले उनीबाट पाँच सय अमेरिकी डलरमा खरिद गरेको थियो । यसलाई मस्कको पहिलो ‘व्यावसायिक उपलब्धि’ मान्न सकिन्छ ।

सन् १९९५ मा उनले वेब सफ्टवेयर कम्पनी जिप–२ स्थापना गरे । कम्पेकले यो कम्पनीलाई १९९९ मा ४३०७ मिलियनमा खरिद गर्‍यो । यो डिलबाट मस्कलाई कम्पनीमा भएको ७ प्रतिशत हिस्सेदारीको बदलामा ४२२ मिलियन प्राप्त भयो । यहीँबाट एलन मस्कको व्यापारको वास्तविक सुरुवात भएको थियो ।

मस्कले १९९९ मा पेपाल स्थापना गरेका थिए । ईबेले सन् २००२ मा यसलाई ४१.५ बिलियनमा खरिद गर्‍यो । यो डिलबाट मस्कले ४१८० मिलियन आम्दानी गरे । यस लगत्तै, मस्कले स्पेसएक्सको स्थापना गरे । यो कम्पनीमार्फत मस्क मङ्गल ग्रहमा बस्ती बसालेर मानव जातिलाई बहुग्रह प्रजाति बनाउन चाहन्छन् । अहिले मस्कले बनाएका प्रमुख कम्पनीहरूमा टेस्ला, स्पेसएक्स र न्युरालिंक छन् ।

टेस्लाको स्थापना सन् २००३ मा मार्टिन एबरहार्ड र मार्क टारपेनिङले गरेका थिए । एलन मस्क कम्पनीका सुरुवाती लगानीकर्ताहरूमध्ये एक थिए र फेब्रुअरी २००४ मा उनले टेस्लामा भारी लगानी गरे । त्यसपछि मस्क टेस्लाको अध्यक्ष र पछि सीईओ बने । टेस्लाको मुख्य उद्देश्य इलेक्ट्रिक गाडीहरूलाई आम मानिससम्म पुर्‍याउनु र दिगो ऊर्जालाई बढावा दिनु थियो ।

स्पेसएक्सको सुरुवात मस्कले मार्च २००२ मा गरेका थिए । उनको सपना अन्तरिक्ष प्रक्षेपणको लागत घटाउनु र मंगल ग्रहमा मानिसको बस्ती बसाउनु थियो । स्पेसएक्सले २००८ मा पहिलो सफल रकेट प्रक्षेपण गर्‍यो र २०१२ मा यसको ड्रयागन क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसँग जोडिएको थियो ।

न्युरालिंकको स्थापना एलन मस्कले २०१६ मा गरेका थिए । यस कम्पनीको उद्देश्य मानव मस्तिष्क र कम्प्युटरलाई जोड्ने ब्रेन–मेसिन इन्टरफेस प्रविधि विकास गर्नु हो । न्युरालिंकको लक्ष्य न्युरोलोजिकल रोगहरूको उपचार गर्नु र भविष्यमा मानिसहरूलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग राम्रोसँग जोड्नु हो ।

फोर्ब्सबाट

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.