Connect with us

अन्तर्राष्ट्रिय

एलन मस्कको दैनिक एक मिलियन वितरण गर्ने योजनाप्रति सरकारको चेतावनी

Published

on

अमेरिकी न्याय विभागले एलन मस्कको हरेक दिन एक मिलियन डलर रकम वितरण गर्ने चुनावी अभियान बारे चेतावनी पत्र पठाएको छ ।

अमेरिकी न्याय विभागले ट्रम्पको समर्थनमा मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो ।

मतदातालाई दैनिक १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा लेखिएको छ ।

मस्कको चुनावी अभियानमा पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो । मस्कको अभियान अमेरिका पीएसीको यो पुरस्कार योजनामा ​​सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई निवेदनमा हस्ताक्षर गर्न अपील गरिएको छ ।

चुनाव नहुँदासम्म प्रत्येक दिन पिटिशनमा हस्ताक्षर गर्ने व्यक्तिलाई एक मिलियन अमेरिकी डलर दिइएको छ । केही कानुनविद्हरूले यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने पहिल्यै बताएका थिए ।

अक्टोबर १९ मा, पहिलो चिठ्ठा चेक पेन्सिलभेनियामा एक कार्यक्रममा एक व्यक्तिलाई दिइएको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.