Connect with us

अर्थ

विनिमय दर सार्वजनिक: डलर को भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ खरिद बिक्री ?

Published

on

नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

बिहिबार अमेरिकी डलर को भाउ ४३ पैसाले घटेको छ । आज डलर एकको खरिददर १३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४९ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि बुधबार यसको खरिददर १३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा तोकिएको थियो । 

आज युरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ १२ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको भाउ २२ पैसाले बढेको छ । बुधबार यूरो एकको खरिददर १४१ रुपैयाँ ९० रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ५२ पैसामा कारोबार भएको थियो ।  

यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ६० पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५६ पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ८१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५० पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७८ पैसा कायम गरेको छ ।

यसैगरी, बिहिबारको लागि कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.