Connect with us

अर्थ

अर्थ मन्त्री पौडेल डिस्चार्ज

Published

on

उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेललाई आज डिस्चार्ज भएका छन् ।

जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको कीर्तिपुर वर्न अस्पतालले जनाएको छ ।

पोखरा भ्रमण बर्ष उदघाटनको दिन आगोले बेलुन पडकिए पछि अर्थमन्त्रीसहित पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य गम्भिर घाइते भएका थिए, स्थानिय गण्डकी अस्पतालमा प्राथमिक उपचार पछि किर्तिपुरस्थित अस्पतालमा तीन दिन अघि भर्ना गरिएको थियो ।

मेयर आचार्यलाई भने केही दिन अझै अस्पतालमा राखिने भएको छ । आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने चिकित्सकले बताएको अस्पतालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.