Connect with us

समसामयिक

विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति

Published

on

सर्लाही जिल्लामा सोमबार राति विद्युतको तार सर्ट भएर एक घरमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ भने पाँच वटा चौपायाको जलेर मृत्यु भएको छ।

स्थानीय रामनगर गाँउपालिका-३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विद्युतको तार सर्ट भई सोमबार राति साढे ७ बजे आगलागी हुँदा घर पूर्णरुपमा जली नष्ट भएको हो। सो क्रममा घरभित्र रहेको बाख्रा-५ वटा जली मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीमा परेर लताकपडा, कागजपत्र, अन्नपात, नगद १० हजारसहित जम्मा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी सर्लाही कार्यालय सर्लाहीले जनाएको छ।

घटनाको खबरलगत्तै प्रहरी चौकी खैर्वा बहुर्वाबाट असई बालकिशोर साहको कमाण्डमा १० जनाको टोलीले प्रहरी र स्थानीयको सहयोगमा एक घन्टाभित्रै आगो पूर्णरूपमा नियन्त्रणमा लिएको सर्लाही प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.