Connect with us

समसामयिक

ताप्लेजुङको तेम्बा बजारमा आगलागी स् चार घर जलेर नष्ट

Published

on

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित साँवाको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । गएमध्यराति भएको आगलागीबाट चार घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।

मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार तेम्बा बजारमा मङ्गलबार राति करिव ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट तेम्बा बजारका इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूको घर जलेर पूर्णरुपमा नष्ट भएको उपाध्यक्ष शेर्पाले जानकारी दिएका छन् ।

उक्त सबै घरमा होटल तथा अन्य पसल रहेका थिए । खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, पसलका सामानलगायत घरभित्र रहेको सम्पूर्ण सामग्री र नगदसमेत जलेर नष्ट भएको फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष स्थानीय विजय साँवाले जानकारी दिए । साँवाका अनुसार मध्यराति आगलागी भएकाले घरमा रहेको कुनैपनि सागम्री झिक्न पाइएन ।

मध्यराति आगलागी भए पनि मानवीय क्षति भने नभएको गाउँपालिका उपाध्यक्ष शेर्पाले बताए । आगलागीको कारण खुलेको छैन । उपाध्यक्ष शेर्पाका अनुसार आज बुधबार बिहानदेखि आगलागी घटनाबारे अनुसन्धान र क्षतिको विवरण सङ्कलनको कार्य हुँदैछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.