Connect with us

समसामयिक

निर्माणाधिन झोलुङ्गे पुल भत्किदाँ रोल्पामा ५ जनाको मृत्यु

Published

on

रोल्पामा झोलुङ्गे पुल भाँच्चिदा ५  जनाको मृत्यु भएको छ । पुलको रिटेनिङ पर्खाल भत्किएर पुरिदाँ ५ जनाको मृत्यु भएको हो  ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–३, बाहिरी गाम निवासी ४५ वर्षीय दुजमन परियार, वर्ष ३१ का ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सवित्रा परियार र ६६ वर्षीया देवीराम परिवार रहको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए । 

जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने गाजाधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.