Connect with us

अन्तर्राष्ट्रिय

विमानमा बम भएकाे सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

Published

on

बंगलादेशको हजरत शाहजलाल अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बम राखिएको धम्की पछि ६ घण्टाको आपत्कालीन घोषणा गरिएको छ ।  

बिहान आएको एक बिमानमा बम राखिएको धम्की आए पछि बुधबार दिउँसो करिब १२ बजेसम्म त्यहाँ कुनै शंकास्पद बस्तु नभेटिएको जनाइएको छ ।

ढाका ट्रिब्युनका अनुसार बिहान ५ः३० बजे विमानस्थल नियन्त्रण कक्षमा रोमबाट आउँदै गरेको बंगलादेश विमान एयरलाइन्सको बिजी ३५६ को विमानमा बम रहेको सन्देश आएको थियो । र, यो पनि भनिएको थियो कि त्यो बम जुन जुनसुकै बेला विस्फोट हुनसक्छ । सो धम्कीको जानकारी तुरुन्तै उच्च अधिकारीहरूलाई पठाइयो।

क्याबका अध्यक्ष र  कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लाम र अन्य वरिष्ठ अधिकारीहरू विमानस्थलमा पुगेका थिए। र, सम्पूर्ण क्षेत्रलाई तुरुन्तै व्यापक सुरक्षा घेरा अन्तर्गत राखिएको थियो। उक्त कार्यमा वायुसेनाको बम डिस्पोजल टोली, क्विक रेस्पोन्स टिम (क्यूआरटी), फायर सर्भिस र अन्य कानून प्रवर्तन एजेन्सीहरुको सहभागिता रहेको थियो ।

करिब २०० यात्रु र चालक दलका सदस्य सवार उक्त विमानले बिहान ९ः३५ बजे आपतकालीन अवतरण गरेको थियो । खोजी सुरु हुनु अघि यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।


‘हामीले यो क्षेत्रलाई सुरक्षित राखेको सुनिश्चित गर्यौं र विस्तृत खोजी गर्‍यौं,’ एचएसआइएका उड्डयन सुरक्षा निर्देशक विंग कमाण्डर जहाँगिर हुसेनले भने, ‘हरेक सम्भावित खतरालाई लगनशीलताका साथ सामना गरियो।’

तर, बम डिस्पोजल टोलीले बिहान ११ः३० बजेसम्म विमान र दुईवटा शंकास्पद झोलाको होसियारीपूर्वक खोजी गरे पनि असामान्य बस्तु केही पनि फेला पार्न सकेनन । र, अहिले दिउँसोबाट उडान सुरक्षित घोषणा गरियो र सामान्य सञ्चालनमा पुनः सुरु भएको छ ।


‘आजको अपरेसनले हाम्रो एयरपोर्ट सुरक्षा उपायहरूको बलियो देखाएको छ,’ अध्यक्ष मंजुर कबीर भुइयाले भने, ‘संभावित खतराको प्रत्येक रिपोर्टलाई अत्यन्त गम्भीरताका साथ व्यवहार गरिन्छ, र हाम्रा टोलीहरू सुरक्षा जोखिमहरूका लागि शून्य सहनशीलता कायम गर्न प्रतिबद्ध छन्।’


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.