Connect with us

समसामयिक

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

Published

on

परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षक यही चैत २७ र २८ गते हुने उक्त सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको हो ।

सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन् । उनले हिन्द महासागर क्षेत्रको शासन, पहाड–महासागर पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री खनालले विभिन्न देशका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । उहाँ यही चैत ३० गते स्वदेश फर्कनेछन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.