Connect with us

समसामयिक

प्रहरी पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले परित्याग गरे एमाले

Published

on

नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले परित्यागको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमासमेत नरहेको घोषणा गरेका हुन् ।

‘’🙏🙏🙏शुभप्रभात 🙏🙏🙏
हजुरहरु मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन’, , उनले फेसबुुकमा लेखेका छन्, म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु ।
धन्यवाद”

पूर्वप्रमुख खनाल एमालेमा प्रवेश गरे पछि उनलाई २ पटक टिकट दिईएको थियो । काठमाडौं-६ र तनहुँबाट टिकट दिए पनि उनी पराजित भएका थिए ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.