Connect with us

समसामयिक

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्तिम संस्कार आज, भारतका राष्ट्रपति र प्रधानमन्त्री निगमघाटमा जाने

Published

on

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्तिम संस्कार आज हुँदैछ । भारतको गृह मन्त्रालयका अनुसार शनिबार अर्थात २८ डिसेम्बर २०२४मा दिल्लीको निगमबोध घाटमा बिहान ११ः ४५ बजे उनको अन्तिम संस्कार गरिने छ। 

गृह मन्त्रालयले अन्तिम संस्कार कार्यक्रम सार्वजनिक गर्दै उक्त अन्तिम संस्कारमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी र धेरै मन्त्रीहरु अन्तिम संस्कारमा सहभागी हुन निगमबोध घाट पुग्ने छन् ।

कांग्रेस महासचिव केसी वेणुगोपालले शनिबार डिसेम्बर २८ मा बिहान ९ः ३० बजे दिल्लीस्थित एआईसीसी (अखिल भारतीय कांग्रेस कमिटी) को मुख्यालयबाट निगमबोध घाटको लागि शबयात्रा सुरू हुने जानकारी दिएका छन् ।

उता, पूर्वप्रधानमन्त्री  सिंहको निधनमा राष्ट्रिय शोकका कारण शनिबार राष्ट्रपति भवनमा हुने गार्ड परिवर्तन कार्यक्रम हुने भएको छ । यो भारतको सैन्य परम्परा हो। यसमा राष्ट्रपतिका अंगरक्षकको एउटा समूहले अर्को समूहबाट जिम्मेवारी लिने दिने गरिन्छ ।पूर्वप्रधानमन्त्रीको सम्झनामा देशभर सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । यस अवधिमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइने छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.