पूर्वसभामुख दमननाथ ढुंगानाको भौतिक अवसान भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा ढुंगानाको निधन भएको हो ।

ढुंगाना नेपालका राजनीतिज्ञ तथा अधिकारकर्मी हुन्। वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना आम निर्वाचन २०४८ मा नेपाली कांग्रेसकातर्फबाट काठमाडौँबाट प्रतिनिधिसभामा निर्वाचित भएर सभामुख बनेका थिए।