Connect with us

अन्तर्राष्ट्रिय

सुजुकी मोटर कम्पनीका संस्थापकको निधन

Published

on

सुजुकी मोटर कर्पोरेशनका संस्थापक तथा पूर्व अध्यक्ष ओसामु सुजुकीको निधन भएको छ ।

उनले ९४ वर्षको उमेरमा अन्तिम सास लिएका छन्  ।  ओसामु सुजुकीले ४० वर्षभन्दा बढी समय सुजुकी मोटर कर्पको नेतृत्व गर्दै सन् २०२१ मा आफ्नो अवकाशको घोषणा गरेका थिए। त्यतिबेला उहाँ ९१ वर्षको थिए । सुजुकी मोटर कर्पका अध्यक्षको मृत्यु २५ डिसेम्बरमा भए पनि कम्पनीले शुक्रबार २७ डिसेम्बरमा निधन भएको जानकारी दिएको हो । 

कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार यो जानकारी प्राप्त भएको हो । ओसामु सुजुकीको नेतृत्वमा कम्पनीले विश्व बजारमा विस्तार गरेको थियो । कम्पनी विशेष गरी यसको मिनी कार र मोटरसाइकल को लागी प्रसिद्ध छ। सुजुकीको जीवन यात्रा एक साधारण परिवारबाट सुरु भएको थियो र ओसामु सुजुकीको जन्म ३० जनवरी १९३० मा जापानको गेरो गिफु प्रिफेक्चरमा भएको थियो। 

टोकियोको चाओ युनिभर्सिटीमा कानूनको डिग्री अध्ययन गरेका उनले जुनियर हाई स्कूल शिक्षक र नाइट गार्डको रूपमासमेत काम गरेका थिए । सन १९५३ मा स्नातक गरेपछि उनले सुरुमा बैंकमा काम गरे । त्यस पछि विवाह गरेर सुजुकी पारिवारिक व्यवसायमा सामेल भएका थिए। यो टर्निङ प्वाइन्टले उनको छ दशक लामो करियरको सुरुवात गर्‍यो।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.