Connect with us

राजनीति

गौरमा निःशुल्क शिविर : ५६५ जनाको आँखा परीक्षणमा २२७ लाई मोतिबिन्दु

Published

on

गौर नगरपालिका स्थित आयोजित एक दिन निःशुल्क आँखा शिविरमा ५६५ जना मानिसको आँखाको परिक्षण गर्दा २२७ जनामा मोतिबिन्दु रोग देखिएको छ।

गौरका मेयर शम्भु साहको विशेष पहलमा आयोजित एक दिने निःशुल्क आँखाको शिविरमा ५६५ जनाको आँखा परिक्षण पछी ३३८ जनालाई निशुल्क चश्मा बितरण गरिएको थियो। परीक्षण गरिएको मध्ये  २२७ जना महिला पुरुषको आँखामा डाक्टरले मोतिबिन्दु रोग  ठहर गरेको शिविर संयोजक गौर आँखा अस्पतालका प्रतिनिधि सत्येन्द्र पाण्डेले जानकारी दिएका छन्।

डाँक फाउण्डेशनको सोहयोग गौर नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा शुक्रवार  एकदिने निःशुल्क शिविरमा  मोतिबिन्दु देखिएका विरामीहरुलाई भोली आईतवार देखि पूरेनवा आँखा अस्पतालमा क्रमसः अपरेसन  गरिने शिविर ईन्चार्ज पाण्डेले बताएका छन्। विरामीहरुलाई गौरबाट आँखा अस्पताल सम्म ओहोर दोहोर गर्न अस्पतालको बसले सेवा दिनेछ।

निःशुल्क शिविरमा नेत्र अधिकृत शिवकुमार यादव, नेत्रसहायकद्धय सुयोग्य मगर र अफताव आलम दर्जी सहित ९ जना प्राविधिक टोलीले  विरामीहरुको आँखाका परिक्षण गरेको थियो। नेत्र ज्योती संघ रौतहटका अध्यक्ष विजय सिंह, गौर आँखा अस्पतालका प्रशासकीय अधिकृत नागेश्वर प्रसाद चौधरी, लेखाअधिकृत पवन न्यौपानेले लगायतको टोलीले शिविरको निरीक्षण गरेको थियो

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.